
भैरहवा, २८ साउन । रुपन्देहीको बेलबासमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितका अनुसार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकित पाठकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ४३ वर्षीया उनको आमा गौमुखी पाठक गम्भिर घाइते भएको उनले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै, दुर्घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगाका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

