Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » राष्ट्रपति देखि दलका नेतासम्मलाई भेटेर फर्किए भारतीय विदेश सचिव
    राजनीति

    राष्ट्रपति देखि दलका नेतासम्मलाई भेटेर फर्किए भारतीय विदेश सचिव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण २९, मंगलवार १७:२९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, २९ साउन । नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालय सचिव विक्रम मिश्रीले राष्ट्रपति देखि लिएर दलका शिर्ष नेताहरुसम्मलाई भेटेर स्वदेश फर्किएका छन् । उनको भ्रमणलाई निकै महत्व दिइएको थियो । नेपालका परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका उनले नेपालमा ३२ घण्टा बिताए ।

    सो क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भेटमा उनीहरुबीच विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरुबारे छलफल भएको बताइएको छ । विदेश सचिवको सम्मानमा समकक्षी परराष्ट्र सचिव लम्सालले आयोजना गरेको रात्रिभोजमा मिश्रीले मधेसकेन्द्रित दलका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि कुराकानी गरेका थिए ।

    ‘भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने । उनले मिश्रीको राजनीतिक नभई परिचयात्मक भ्रमण रहेको बताए । जुलाईमा विदेश सचिव नियुक्त भएका उनी भुटानको भ्रमण सकेर नेपाल आएका थिए ।

    भारतसँग केपी ओलीको सम्बन्ध राम्रो बन्न सकेको छैन । जसकारण पनि भारतले प्रधानमन्त्री ओली स्वागत गर्न आतुर छ । मिस्रीको भ्रमणपछि ओली भारत भ्रमणमा जाने सक्ने सम्भावना छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा सन्देश पनि मिस्रीले प्रधानमन्त्री ओलीलाई दिएको बताइएको छ ।

    दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाण्डू र दिल्लीबीच भइरहेका नियमित उच्चस्तरीय भ्रमणहरूको सिलसिला भनेका छन्। यद्यपी नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    केपी ओली भारत भारतीय विदेश सचिव विक्रम मिश्री
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.