
काठमाडौं, २ भदौ । नेपालमा अण्डाको मूल्य घटेको छ । आइतबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य घटाएको हो । बैठकले सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको छ ।
यस अघि संघले असार २८ मा सबैभन्दा ठूलो साइजको अण्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय १०, मिडियम अण्डाको प्रतिक्रेट ४ सय ९० रुपैयाँ तोकेको थियो । संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।
Advertisement

Advertisement
Advertisement


