
भैरहवा, ३ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रा.लि.ले विभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ। कम्पनीले सयौँ लेबल र ट्रेडमार्क दर्ताका लागि विभागमा आवेदन गर्ने गरेकोमा र कुनै एक लेबलमा विपक्षीले विरोध गर्दै अदालतको गएको विषयलाई भ्रमपूर्ण प्रचार गरेको भन्दै ट्रेडमार्क र लेबलका प्रमाणपत्रसहित विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ।
‘यशोदा फुड्स प्रालि करेन्ट नामको ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिइ प्रचलित कानूनभित्र रहेर विभिन्न स्वादका चाउचाउ लगायतका वस्तुहरु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा लेबल डिजाइन ट्रेडमार्क दर्ता गरिसकेको छ’, विज्ञप्तीमा भनिएको छ ।
Advertisement

Advertisement
Advertisement

कम्पनीले नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको तथा उद्योगले सयौँ लेवल तथा ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा आवेदन गर्ने गरिएकोमा एक लेबल दर्ताको क्रममा विपक्षीले विरोध गरेकोले सो एक आवेदननम्बरको लेबलका विषयमा उच्च अदालतले उद्योग विभागको निर्णय कार्यान्वन नगरी यथास्थितिमा राख्नु भनी गरेको आदेशलाई यशोदा फुड्स प्रालिले शिरोधार्य गरी उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त ट्रेडमार्क दर्ता प्रमाणपत्र र लेबल बमोजिमका मालबस्तु उत्पादन गरी आएको जनाएको छ ।
‘यस विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको हुँदा यस्ता हल्लाको पछाडि नलागी निर्वाध रुपमा यशोदा फुड्स प्रालिका उत्पादनहरु बिक्रीवितरण गर्न तथा उपभोग गर्न व्यापारीवर्ग तथा डिलर महानुभावहरु तथा उपभोक्ता महानुभावहरु समक्ष उद्योग हार्दिक अपिल गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।
कम्पनी आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र पनि सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम गर्नू’ भनी आदेश गरेको जानकारी दिँदै यशोदा फुड्सले अदालतको अबहेलना हुने गरी सीजी फुड्सले भ्रमपूर्ण प्रचार गरेको आरोप समेत लगाएको छ ।
करेन्ट चाउचाउ बिक्री वितरणमै रोक लगाइएको, बजारमा गएको समान समेत फिर्ता लिनुपर्ने भन्ने जस्ता भ्रमपूर्ण प्रचार नगर्न समेत आग्रह गरेको छ। स्वाद र गुणस्तरमा ग्राहकले करेन्ट रोज्न थालेपछि प्रतिस्पर्धीले कानुनी झमेला सिर्जना गर्ने र त्यसमा हारेपछि भ्रमपूर्ण प्रचार गर्ने गरेको भन्दै करेन्टले उपभोक्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेको छ।
प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको छ । यसै क्रममा यशोदाले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर रु. २० मा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमा सिजी फुड्स (नेपाल) प्रालिले सो लेबल दर्तामा विरोध जनाई उद्योग विभागमा निवदेन दिएको थियो । सो निवेदन माथि उद्योग विभागले सिजी फुड्सको दावी नपुग्ने र यशोदा फुड्सले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी ०८० जेठ २९ मा गरेको फैसला उपर सिजी फुड्स (नेपाल) प्रालिले उच्च अदालत पाटनमा पुनः अन्तरकालीन आदेश माग गरी निवेदन दायर गरेको थियो ।
उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लेखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट ०८० जेठ २९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने आदेश गरेको थियो ।
यो आदेशलाई सर्वोच्च अदालतबाट ०८१ साउन ३२ मा ‘कानुन बमोजिम गर्नु’ भनी आदेश भएको थियो । तर यसको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुड्सको उत्पादनको बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशन गराई अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको यशोदा फुड्सले जनाएको छ ।

