
भैरहवा, ४ भदौ । रुपन्देहीको बुटवलमा सूचनाको हक सम्बन्धि तालिम सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजना र यूएसएड तथा द एशिया फाउन्डेसनको सहयोगमा दुई दिने तालिम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण दिएका थिए । उनले आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै राष्ट्रिय सूचना आयोगलाई अन्य निकाय आयोगको तुलनामा बढी शक्तिशाली रहेको बताए ।
प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना अधिकारीको जिम्मेवारी तथा काम कर्तब्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिएका थियो। उनले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया, र सूचनाबाट उत्पादन शक्तिको महत्त्व पनि दर्साए । त्यसैगरी, प्रशिक्षक कर्ण बहादुर नेपालीले वकालत, सहकार्य, सशक्तिकरण, सूचनाको दुरुपयोग, जरिवाना, र कार्ययोजना लगायतका विषयमा जानकारी दिएएका थिए भने अर्का प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्व कार्ययोजना, सशक्तिकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्त्वका बारेमा प्रशिक्षण दिएकी थिइन् ।
Advertisement

Advertisement
Advertisement

चौधरीको अध्यक्षतामा समिति गठन
तालिम पश्चात सूचनाको हककालागि अभियानकर्ता राम बिकास चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति समेत गठन गरिएको छ । जसको पदाधिकारीमा उपाध्यक्ष संजय कुमार मिश्र, सचिवमा अग्निशक्ती यादव, सह-सचिवमा माया के.सी र कोषाध्यक्षमा बिजया खत्री रहेका छन् । अन्य ६ जना सदस्य छन् । त्यसैगरी सल्लाहकारमा महेन्द्र थापालाइ चयन गरिएको अध्यक्ष चौधरीले बताए ।


