
भैरहवा,४ भदौ। रुपन्देहीको बेलबासमा सवारी दुर्घटना हुदाँ एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमनपा-११ देवीनगरको २७ वर्षीया सुष्मा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठ सोमबार राति लु ८७ प ४५७३ नम्बरको स्कुटरमा पश्चिमबाट पूवतर्फ आउँदै गर्दा नम्बर नखुलेको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भएर स्कुटर विपरित दिशाबाट जादै गरेको लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किन पुगेको थियो । दुर्घटनामा घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

घटनापश्चात बोलेरो गाडीका चालकलाई नियन्त्रणमा लिइएपनि मोटरसाइकल चालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

