
भैरहवा, ७ भदौ। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा नजिक भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको र १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रवार पोखराबाट काठमाण्डौँ तर्फ जाँदै गरेको यूपी ५३ एफटी नम्बर ७६२३ नम्बरको बस नदीमा खसेको थियो । बसमा ४३ जना सवार थिए ।
Advertisement

Advertisement
Advertisement

‘उद्दारमा कार्य जुटेकोले दुर्घटना कसरी भयो भन्नेतिर लाग्न सकेका छैनौँ’, तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले भने, ‘घाइतेहरुको उद्दार कार्य जारी छ । गम्भिर १२ जना घाइतेहलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ पठाइएको छ ।’
दुर्घटना भएको उक्त बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाले जनाएको छ । उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको थियो । पर्यटकहरु भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुदै नेपाल भित्रिएका थिए ।

