
कपिलवस्तु, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) को कपिलवस्तुको अध्यक्षमा ईरफान खाँ चयन भएका छन् । शनिवार कपिलवस्तुको जिल्ला कार्यसमिति घोषणा सभामा खाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष खाँको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा घोषणा गरिएको छ ।
समितको सदस्यहरुमा उदयभान यादव, कबुतारा कहार, सहाबुद्दीन मुसलमान, परशुराम यादव, ईन्द्रराम यादव, बृजराज चौधरी, बिजय सिंह चौहान, अब्दुल कलाम खाँ, सुनिता तेली र जगमोहन बरई रहेका छन । यस्तै नसिम पठान, ज्ञानमति भर, नारायण चौधरी, साजन ठाकुर, रिजवान खाँ, बिनय चौबे, झगरु थारु, बिसाल यादव, हेम बहादुर असलमी मगर र बिन्देश्वरी यादव सदस्यमा सर्वसम्मत चयन भएको पार्टीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

तौलिहवामा पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका महासचिव तथा पुर्व मन्त्री मोहम्मद इस्तियाक राईनले उपेन्द्र यादव सत्ता बाहिर बस्नुपरे मात्र मधेसको हक अधिकार खोज्ने र सत्तामा बस्द बिर्सिने गरेको भन्दै उनको लोभीपापी मनकै कारण पार्टी फुट्दै आएको आरोप लगाए । जनतको हक अधिकारका लागि सशक्त रुपमा आवाज उठाउन र नयाढंगले अघि बढ्न जसपाको गठन भएको उनको भनाई छ ।
लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य नविन सुनार, मनिकर कार्की, पुर्वमन्त्री भन्डारी लाल यादव लगायत नेता, कार्यकर्ताहरुको सहभागीता थियो ।

