
काठमाडौं, ९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान ९डीडीसी०लाई थप ६० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार मन्त्रालयद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा किसानहरुको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने बताएका हुन् । मन्त्रालयका अनुसार डीडीसीले किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई दसैं अघि नै भुक्तानी हुने गरी रकम निकासा हुने बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

उनले किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको जनाए ।

