


काठमाडौं, ९ भदौ । नेकपा एमालेको सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटमा रोक लगाउनका लागि आग्रह गरेकी छिन् ।आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले जग्गा कित्ताकाट नरोकिए अगामी ५–१० वर्षमा खाली जग्गा पाउन कठिन हुने बताइन् ।
उनले प्रत्येक १०–१० वर्षमा गर्नुपर्ने जग्गाको नापी अहिलेसम्म हुन नसकेको बताउँदै यदि नापी नहुने हो भने अहिलेसम्म जोगाएर राखेका सार्वजनिक जग्गा बचाउन कठिन हुने उल्लेख गरिन् ।

यस्तै उनले ७७ वटै जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग बनाउन हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिन् ।उनले भनिन, ‘जहाँ सुकुम्वासीसगँ समबन्धित बढी समस्या छ त्यहाँ मात्र आयोग बनाऔे जहाँ समस्या छैन त्यहाँ नबनाऔ । सहरी क्षेत्रमा उपत्यकामा आयोग बनाएर काम छैन ।’

