
कपिलवस्तु, १० भदौ । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ । सुर्खेतबाट नारायणगढतर्फ जादै गरेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना हुदाँ २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये १७ जनाको चन्द्रौटास्थित विभिन्न अस्पतालमा र सात जना गम्भिर घाइतेहरुको भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिष भण्डारीले बताए । मोटरसाइकल जोगाउने क्रममा बस पल्टिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बसका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

