
पोखरा, ११ भदौ । पोखरामा पदयात्राका क्रममा दुई जना पर्यटक बेपत्ता भएका छन् । स्पेनिस नागरिक रहेका उनीहरु चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राको क्रममा बेपत्ता भएका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्कविहीन भएको गाउँपालिकाका प्रवक्ता भरतराम गुरुङले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्टमा नाम टिपाएर उल्लेरी तर्फ लागेका थिए’ गुरुङले भने. ‘भुरूङ्ग्दी खोलाको पुल मुनि रहेको पुरानो बाटोबाट हिड्दा खोलाले बगाएको हुन सक्ने आंकलन गरिएको छ ।’ पर्यटकहरुलाई सोमबार दिनभर खोजी गर्दा नभेटिएपछि मंगलबार गोताखोर परिचालन गर्ने बताइएको छ ।

