
धादिङ, ११ भदौ । धादिङको ससाहमा सवारी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती प्रदेश ००१ ज ०५२९ ईभी भ्यान नीलकण्ठ नगरपालिका-८ ससाहमा ठोक्किएर दुर्घटना हुदाँ बसमा सवार आठ जना घाइते भएको धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइ रहेको छ र गम्भिर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

