


दाङ, १३ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानहरुलाई दुधको रकम तत्काल भुक्तान गर्नका लागि निर्देशन दिएका छन् । बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा नेपालगञ्ज दुग्ध वितरण आयोजना कार्यालयका प्रमुखसहितलाई राखेर उनले किसानको बाँकी रहेको दुधको रकम तत्कालन भुक्तान गर्न निर्देशन दिएका हुन् ।
‘६–७ महिना देखी दुधको रकम भुक्तानी नहुदाँ किसानहरु मर्का परेका छन् । किसानको रकम रोकेर राख्नुहुदैन’, उनले निर्देशन दिदै भने, ‘छिटो भुक्तानी गर्नुहोस, म संघीय सरकार संग पनि यस बारेमा पहल गर्छु ।’

किसानहरुले गत पुसबाट दुधको भुक्तानी पाएका छैनन् । नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै किसानहरुलाई २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थमन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो बनाउन दुग्ध व्यवसायलाई प्रबद्र्धन गर्नेगरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीले दुधमा आत्मनिर्भताको लागि नेपालगंज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न आग्रप्रस्ताव गरेका छन् । यो आयोजनाबाट लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् ।
दुध उत्पादन बढ्दै गएपनि बजारीकरणको हुन नसक्दा किसान समस्या छन् । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दुध विक्रिवितरण गर्दै आएका छन् । दुधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।

