
दाङ, १४ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताएका छन् ।
६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउदा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताए ।
Advertisement

Advertisement
Advertisement

९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई संगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै ज्येष्ठ नागरिकहरुमा अपिल गरे। ‘ज्येष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ’उनले भने,‘तपाईहरुको ज्ञान, सिप, क्षमता र अनुभव मुलक बनाउन खाँचो छ ।’
मुख्यमन्त्री संगको भेटमा ज्येष्ठ नागरिक भट्टराईले ८० बर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग गरे । मुख्यमन्त्री आचार्यलाई भेट गर्न भट्टराई बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरी पुगेका थिए । ‘हामीलाई सकभर गाडीमा चढाउदै चढाउदैनन् । चढाई हाले भाडा छुट दिदैनन’उनले भने,‘हामी ज्येष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।’
घरमा बस्नु भन्दा घुमेर समय विताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने उनको भनाई थियो। ‘एकै ठाउँमा बसिरहदा बिरामी परिन्छ । राम्रो हुदैन । भ्रमण गराउने काम राज्यले गर्नूपर्छ’भट्टराईले भने,‘म घुमिरहन्छु । तर, गाडीमा यात्रा गर्न सजिलो छैन् । ढाँट छल गर्छन । दुःख दिन्छन् । हामिलाई सम्मान पूर्वक घुमिफिर गर्ने वातावारण बनाईदिनुप¥यो ।’ राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको संख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो ।

