Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » गरिबीको सजाय ! अस्पतालले भर्ना नलिएपछि सडकपेटीमै वविताले जन्माइन् बच्चा
    प्रमुख समाचार

    गरिबीको सजाय ! अस्पतालले भर्ना नलिएपछि सडकपेटीमै वविताले जन्माइन् बच्चा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र २५, बिहीबार १४:४७ गते
    advertisement
    advertisement
    advertisement

    राजविराज, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक विपन्न महिलाले सडकपेटीमै शिशु जन्माउनुपरेको घटना सार्वजनिक भएको छ।

    राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान प्रसव पीडा सुरु भएपछि मंगलबार राति श्रीमान् र आफन्तसँगै अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार, अस्पतालमा अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षण गर्न करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताइएको थियो। रकम अभाव भएपछि परीक्षण नगरी प्रसूति गराउन नमिल्ने भन्दै आफूहरुलाई अस्पतालबाट बाहिर निकालिएको पीडित परिवारको दाबी छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसपछि अस्पताल परिसरबाहिर औषधि पसलनजिकै बसेकी ववितालाई प्रसव पीडाले च्यापेपछि बाध्यताबस सडकपेटीमै छोरालाई जन्म दिइन्। छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि स्वास्थ्यकर्मीले भर्ना नलिएको वविताको दाबी छ।

    विपन्न महिला प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ। दोषीलाई कारबाही गर्नुपर्ने माग सांसदमा समेत उठेको छ।

    अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले भने वविता अस्पताल आएपछि प्रारम्भिक जाँच गरी थप स्वास्थ्य परीक्षणका लागि ल्याब पठाइएको र परिवार ल्याबबाटै बाहिरिएको दाबी गरेका छन्।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे भिडियो हेरेपछि जानकारी पाएको बताएका छन्। उनले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

    सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित संख्यामा शय्या छुट्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सरकारी अस्पतालकै अगाडि महिलाले सडकमा प्रसूति हुनुपरेको घटनाले स्वास्थ्य सेवामा पहुँच र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गजेन्द्रनारायण सिंह अस्पताल राजविराज नगरपालिका सप्तरी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.