
भैरहवा, १४ भदौ । नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बेसडरमा नेपाल क्रिकेट टिमका खेलाडी सोमपाल कामी अनुबन्धित भएका छन् । शुक्रबार एक कार्यक्रमका बिच टेन प्लास्टका प्रबन्ध निर्देशक धिरज अग्रवालले उद्योगद्धारा उत्पादित प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बेसडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफु भावुक भएको बताए । ‘मैले क्रिकेट खेलेको दश बर्ष भएको छ, मेरो जर्सी नम्बर पनि दश रहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा आफु टेन नामक कम्पनीको परिवार भएको छु । यसले मलाई हर्षित बनाएको छ ।’
Advertisement

Advertisement
Advertisement

सानै देखि भारतीय क्रिकेटर सचिन तेन्दुलकर आफ्नो आदर्श रहेको बताउदै सोमपालले देशको लागि खेलिरहने बताए ।पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापन भएको टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको प्रबन्ध निर्देशक अग्रवालले बताए ।
उनले नेपाली क्रिकेट खेलाडीलाई आर्थिक रुपमा सबल बनाउने आफुहरुको प्रयास स्वरुप नेपालका फास्ट बलर सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरिएको बताए ।

