Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भदौ २२ देखि लिस्नु कप फुटबल प्रतियोगिता
    खेलकुद

    भदौ २२ देखि लिस्नु कप फुटबल प्रतियोगिता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ भाद्र १४, शुक्रबार २३:३६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १४ भदौ। रुपन्देहीको कोटिहवामा लिस्नु कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी भदौ २२ गते देखि संचालन हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित लिस्नु युवा क्लबको आयोजनामा संचालन हुने उक्त प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिमध्येमा पर्दछ ।

    तिलोत्तमाको कोटिहवा स्थित पशुपति उच्च माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगितामा १२ वटा टीमले प्रतिष्पर्धा गर्ने क्लबले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका कोषाअध्यक्ष प्रकाश पाण्डे क्षेत्री प्रतियोगिताको उपाधि विजेता टीमलाई ३ लाख २५ हजार रुपैयाँ नगद, शिल्ड र उपविजेता टीमलाई १ लाख ६५ हजार रुपैयाँ नगद र ट्रफी पुरस्कार रहेको बताए । हरेक विधाका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र प्रत्येक खेलमा म्यान अफ द म्याचबाट उत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ लगायत विधामा पुरस्कार दिइने उनले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    असोज ३ गते फाइनल खेलको तालिका रहेको प्रतियोगितामा आयोजक टिम लिस्नु युवा क्लबसहित नव युवा खेलकुद तथा साँस्कृतिक परिवार, संजीवनी युवा क्लब, गोर्खा व्वाईज बुटवल, झरना स्पोर्टस क्लब, फर्साटिकर फुटवल क्लब, कपिलवस्तु–११, देवदह ब्वायज क्लब, नवलपरासी ११, पाल्पा ११, वालिङ्ग ११ स्याङ्गजा, समपुर्ण युवा क्लब तिलोत्तमा सहभागी हुने क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष खेमराज गुरुङले लिस्नु कप फुटवल तिलोत्तमा मात्र नभइ रुपन्देहीको गहना भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता कोसेढुंगा सावित हुने दावी गरे ।क्वाटर फाइनलसम्म दर्शकका लागि एक सय रुपैयाँ र सेमीफाइनल तथा फाइनल खेल हेर्न २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । महिलालाई विशेष आकर्षित गर्न क्वाटर फाइनलसम्म निःशुल्क र सेमीफाइनलपछि ५० प्रतिशत छुट गरिएको कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

    क्लबका अध्यक्ष तीर्थराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्री, सचिव मनोज कुमार क्षेत्रीलगायतले प्रतियोगिताबारे जानकारी दिएका थिए ।स्थानीय स्वर्गीय कमलराज पाठकको स्मृतिमा प्रतियोगिता संचालन गर्न लागिएको छ । यस पटकको प्रतियोगिता सम्पन्न गर्न २३ लाख बढी रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    फुटबल फुटबल प्रतियोगिता लिस्नु युवा क्लब
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.