
परासी, १७ भदौ । पश्चिम नवलपरासी प्रहरीले एकै दिन २५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
अदालतबाट मुद्दाको फैसला भएर सजाए भुक्तान नगरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए । पक्राउ पर्नेहरुमा कुटपिट, सवारी ज्यान, जालसाझी, नाता कायम, गाली बेइज्जती, करकाप, जग्गा फितौला, लगायत मुद्दाका छन् ।
Advertisement

Advertisement
Advertisement

उनीहरुबाट २ वर्ष ८ महिना ५ दिन कैद र २६ हजार ९ सय ४३ रुपैयाँ जरिवाना असुल गर्नका लागि अदालतमा पेश गरिएको उनले बताए । पश्चिम नवलपरासी प्रहरीले फरार प्रतिवादीहरुलाई पक्राउ गर्नका लागि अभियान चलाएको छ ।

