


भैरहवा, १७ भदौ। गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूको काज सरुवा गरेको छ। मन्त्रालयले सोमबार डीआइजीहरू कृष्णहरी शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहराको काज सरुवा गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआइजी कृष्णहरी शर्मा पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ।

त्यस्तै केन्द्रिय अनुसन्धान व्युरोबाट डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ भने कार्यविभाग कार्य निर्देशनालयमा कार्यरत डीआईजी भरत बहादुर बोहरालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।
डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो । विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डीआइजी थिएनन् ।


