
भैरहवा, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि बहिरंग सेवा (ओपीडी) सहितको सबै सेवा प्रवाह गर्नका लागि सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने मन्त्रालयको निर्णय भएको उल्लेख छ । मन्त्रालयले देशका ३४ स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्नका लागि निर्देशन दिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘‘ सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१र०५र१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयद्धारा जारी परिपत्रमा उल्लेख छ ।
हेर्नुहोस् मन्त्रालयको पत्रः


