
काठमाडौं, १७ भदौ । अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) ६० करोड रुपैयाँ ऋण दिने भएको छ । संस्थानले किसानहरुको दुधको भुक्तानी दिन सकेको छैन । जसकारण उसले शर्तसहित अर्थबाट ऋण लिन लागेको हो ।
अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले रकम प्राप्त गरेपछि किसानहरुलाई तत्काल रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।
Advertisement

Advertisement
Advertisement

चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।

