


विराटगनर, १९ भदौ। विराटनगरमा सवारी दुर्घटना हुदाँ एक जना युवकको मृत्यु भएको छ। दुर्घटनामा विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रानीस्थित ३ नम्बर ढाटमा ठोक्किएर दुर्घटना हुदाँ चालक कामतको उपचारको क्रममा मृत्यु भएको विराटनगर प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए ।

शवको पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

