
मर्चवार, २० भदौ । रुपन्देहीको मर्चवार क्षेत्रमा शव फेला परेको छ । मायादेवी गाउँपालिका-५ लुकठहवा क्षेत्रको तिनाउ नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । शवको पहिचान हुन सकेको छैन ।
उनका अनुसार थारु समुदायको जस्तो हुलिया भएको करिब ३५ वर्षको उमेरको पुरुषको शव बुधबार दिउँसो फेला परेको हो । फेला परेको उक्त शवलाई पोष्टमार्टमको लागि भिम अस्पताल भैरहवामा पठाइएको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

