
अर्घाखाँची, २० भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका योजनाको गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका छन् । शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरुसगँ गाउँकार्यपालिकाको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले स्थानीय तहमा विनियोजन गरेर पठाएका योजनाको सही र गुणस्तरीय कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारले पाँच लाख भन्दा माथिका सबै योजना प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने परिपत्र गरेको जानकारी दिदै योजना कार्यान्वयनको प्रक्रिया तत्काल थाल्न निर्देशन दिए। ‘योजना माग हुने । बजेट पर्ने तर, कार्यान्वयन राम्रो नहुने समस्या छ । गुणस्तरीय कामका लागी नागरिक तहबाट पनि अनुगमन हुनुपर्छ’उनले भने,‘योजना कार्यान्वयनमा कुनै सम्झौता नगर्नुहोस । काम राम्रो गरेपछी त्यसले जनतालाई सकारात्मक लाभ पनि दिन्छ ।’
Advertisement

Advertisement
Advertisement

योजना कार्यान्वयनमा हुने भ्रष्ट्राचार र बदमासी रोक्न पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति अवलम्बन गरिएको उनले बताए । योजना कार्यान्वयनमा कुनै गुनासा आउन नदिनेगरी काम गर्न उनले निर्देशन दिए । उनले समृद्ध र आत्मनिर्भर प्रदेश निर्माण गर्न सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा मानवीय विकासलाई प्राथमिकता राखेर काम अघि बढाएको दावी गरे ।
प्रदेश सभाबाट पास हुने चरणमा स्थानीय सेवा ऐन विधेयक रहेको भन्दै यो विधेयकले कर्मचारी तहमा काम गर्न उत्साह थप्ने विश्वास व्यक्त गरे । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले नगरपालिकासगँ जोडिएका मुख्य सडकहरुलाई कालोपत्रे गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने, नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनमा कानुनी जटिलता रहेको भन्दै प्रदेश तहबाट सुल्झाउन आग्रह गरे ।

