


भैरहवा, २१ भदौ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरू कम्पनीहरुलाई प्राधिकरणसगँ स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ । कम्पनीहरु स्वीकृति विनै मनपरी शुल्क निर्धारण गर्न गरेपछि प्राधिकारणले स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको हो ।
‘दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,’ शुक्रवार प्राधिकारणले सूचना जारी गर्दै भनेको छ,‘हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरूले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ।’

प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क दर प्राधिकरणबाट स्वीकृत गराई सोही बमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्नु प्राधिकरणले निर्देशन दिएको छ ।
हेर्नुहोस् सूचना:


