
अर्घाखाँची, २३ भदौ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको विकासको लागि पर्यटन क्षेत्र नै आधार स्तम्भ रहेको बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि बृहत योजना निर्माणको चरणमा रहेको बताए । साथै, प्रदेशका १२ जिल्ला १२ जिल्लालाई पर्यटन सर्किटबाट जोड्नेगरी योजना निर्माण थालिएको उनको भनाई छ ।
Advertisement

Advertisement
Advertisement

‘हाम्रो प्रदेशमा थुप्रै पर्यटकीय स्थलहरु छन् । सबै जिल्लालाई एउटै पर्यटन सर्किटको रुपमा विकास गर्ने योजना छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई प्रदेशका महत्वपूर्ण गन्तब्य स्थलमा पुर्याउन सकियो भने सोंचेको जस्तो विकास हुनेछ’ उनले भने, ‘रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बौद्ध सर्किटको रुपमा र यीसहित सबै जिल्लालाई जोडेर लुम्बिनी पर्यटन सर्किट बनाउने योजना छ।’
उनले प्रदेश सरकार फजुल खर्च रोक्न प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्रीका नाममा खर्च भएका होटलका विल मन्त्रालयमा पेश नगरिने दावी गरे । फजुल खर्च रोक्न पूर्वबिशिष्ट व्यक्तिहरुको सेवासुविधा समेत खारेज गरिएको उनले जनाए ।

