
बुटवल, २५ भदौ। इ–ड्राइभ नेपाल र बुटवल ट्याक्सी सेवा प्रालिमा आवद्ध भएका सवारी साधनहरु यातायात मजदूर तथा व्यवसायी भलाई कोषमा आवद्ध भएका छन् । मंगलबार तीनै वटा संस्थाबीच सवारीसाधनहरु कोषमा आवद्ध हुने सम्झौता भएको छ ।
इ–ड्राइभ नेपाल र बुटवल ट्याक्सीका सवारीसाधन कोषमा नियमानुसार शुल्क बुझाई आबद्ध गर्ने सम्झौता भएको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । ती सवारीसाधनहरुलाई ०८१ कार्तिक ३० गतेसम्म कोषले निःशुल्क आवद्ध गरेको छ ।
Advertisement

Advertisement
Advertisement

मासिक शुल्क बुझाउने व्यवसायीलाई २ सय रुपैयाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । त्यस्तै सवारीसाधन बाटोमा दुर्घटना भइ जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने गरी सम्झौता भएको इ–ड्राइभ नेपालका प्रबन्ध निर्देशक राजकुमार गुप्ताले बताए ।
सवारीसाधनको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा कोषले ५० प्रतिशत र दुर्घटनाको अवस्था चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने गरी सम्झौता गरिएको बुटवल टेक्सी सेवा प्रालिका विजय कुँवरले बताए । त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा दुई जनासम्मको उपचार खर्च रकम १५ लाख रुपैयाँ कोषले लगानी गर्ने सम्झौतामा उल्लेख छ।

