
जनकपुरधाम,२५ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र बर्दिबास कार्यालयको संयुक्त टोलीले घुस रकमसहित जनप्रतिनिधी र कर्मचारीलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीसगँ माग गरेको साढे चार लाख घुस रकमसहित तीन जनालाई नियन्त्रणमा लिइएको अख्तियारका बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार घुससहित वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई नियन्त्रणमा लिइएको हो ।उनीहरुलाई मंगलबार कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकमसहिन नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

