
दाङ, २५भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई तथ्यमा आधारित भएर आलोचना गर्न आग्रह गरेका छन् । उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरे ।
‘सरकार सच्चिन चाहन्छ । त्यहीँ भएर तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौं’,मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बाधेन गर्दै उनले भने, ‘आलोचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलोचनाबाट सच्चिएर अघि बढ्छौं ।’
Advertisement

Advertisement
Advertisement

उनले आफ्नो नियतमा खोट नरहेकोले कमी कमजोरी भए सच्चयाउन तयार रहेको बताए । राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेको र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नामा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताको बन्धनमा राखिएको बताए ।
पूर्व बिशिस्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनको भनाई छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । संघियताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।

