
काठमाडौं, २५ भदौ। राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्लो दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले परिषद्को आर्थिक वर्षका ०७९/०८० र ०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय/क्षेत्रीय/अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए। उनले प्रतिवेदनमाथि सङ्घीय संसदबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे।

