
भैरहवा,२५भदौ। नेपाल प्रहरीले घटनाको अनुसन्धान र सुरक्षा व्यवस्थापनका लागि १२ वटा कुकुर खरिद गरेको छ । बोलपत्र आह्वान गरेर विदेशबाट जर्मन शेफर्डसहित तीन प्रजातिका १२ वटा कुकुर खरिद गरी ल्याइएको प्रहरी प्रधान कार्यालय केनाइन शाखाका एसपी रामचन्द्र सत्यालले जानकारी दिए ।
प्रहरीले २९ लाख रुपैयाँ बराबरको कुकुर खरिदका लागि गत चैतमा बोलपत्र आह्वान गरेको थियो। उनका अनुसार विदेशबाट ल्याइएको कुकुरहरुमध्ये आठवटा विभिन्न प्रदेशमा र चार वटा नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा राखिनेछ ।
Advertisement

Advertisement
Advertisement

उक्त कुकुरहरु तीन महिना देखि ७ महिनासम्म उमेरसमूहका छन् । कुकुरहरुलाई ६ महिना तालिम दिएर अनुसन्धान र आवश्यक सुरक्षा व्यवस्थापनमा खटाइने बताइएको छ ।
नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले अनेकौँ अपराधिक घटनाको सफल अनुसन्धान गरेको छ । प्रहरीमा करिब ०२६ साल देखि अपराध अनुसन्धानमा कुकुरको प्रयोग गर्न थालिएको हो ।

