
भैरहवा,२६भदौ। गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना डीआईजीहरुको सरुवा गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयले मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।
त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतरपुमा कार्यरत डीआईजी लालमणि आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ । डीआईजी राजेशनाथ बास्तोलाको भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ । बास्तोलाको जागिर अवधि दुई महिनामात्र बाँकी छ ।
Advertisement

Advertisement
Advertisement

डीआईजी पोखरेल करिब दुई हप्तापछि अवकाशमा जाँदैछन्। प्रदेशमा घुमुवा खटाएर रकम असुली गरेको विषयमा उनीविरुद्ध उजुरी परेपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको हो ।
आईजीपी बसन्तबहादुर कुवँरले पनि एक जना डीआईजी सा’ब ‘छिट्टै फस्दै हुनुहन्छ’ र प्रहरीका बैंक खाता चेक हुने भनाईसहितको रुपन्देहीमा सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिएपछि प्रहरी संगठन तंरिगत भएको थियो । संगठनमा उनको अभिव्यक्ति मधेसका डीआईजी पोखरेलको विषयमा भइरहेको छानबिनतर्फ इंगित रहेको चर्चासँगै बैंक खाता चेक गर्ने अभिव्यक्ति प्रति पक्ष विपक्षमा बहस भइरहेको छ।

