
भैरहवा,२८भदौ। नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ३ सय २० जनाको आवेदन माग गरेको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक र २ सय ५६ जना सहायक निरीक्षकको माग गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सूचना अनुसार अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
हेर्नुहोस् सूचनाः


