
भैरहवा,२९भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताएका छन् ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी अस्पतालको सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेको जानकारी दिए। बुटवललाई स्वास्थ हव बनाउन, आर्थिक रुपमा समृद्ध बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
‘१२ सय अस्पतालले पूर्णता पाएपछि औषधी व्यवसाय फस्टाउने छ । आर्थिक कारोबार बढ्ने छ । बुटवल आर्थिक हव बन्छ’,उनले भने,‘प्रादेशिक अस्पतालको भवन निर्माण चालू आर्थिक बर्ष १ अर्ब ८० करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सबै हिसाबले उच्च प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राखे । औषधी व्यवसायको नाममा हुने लागू औषधको कारोबार र औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने बताए।

