
भैरहवा,२९भदौ। भारतमा तस्करी गर्न लागिएको दश क्विन्टल लसुन प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, र इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको संयुक्त टोलीले भारतमा तस्करी गर्न लागिएको लसुन बरामद गरेको हो ।
शुक्रवार मर्चवारको सम्मरीमाई गाउँपालिका-२ मुडिला क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारततर्फ अवैध रुपमा तस्करी गर्न लागेको अवस्थामा तीन लाख मूल्य बराबरको दश क्विन्टल (४६ बोरा) लसुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आवश्यक कारवाहीको लागि बरामद लसुन भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

