


भैरहवा,३१भदौ। इजाजत (लाइसेन्स) प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको छ। गृह मन्त्रालयले लाइसेन्सप्राप्त हतियारको निषेधित क्षेत्रबारे उल्लेख गर्दै सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।
प्रकाशित सूचना अनुसार सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ल दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न वा लिएर हिड्न पाउने उल्लेख गरिएको छ ।

तर दफा ४ र ५ बमोजिम यात्रा इजाजतपत्र लिए पनि इजाजत यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ–‘यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजन बाहेक सरकारी कार्यालयहरू, अस्पताल, विमानस्थल, सार्बजनिक सवारी साधन, धार्मिक तथा शैक्षिक स्थल, सिनेमा हल, व्यावसायिक भवन, हाट बजार तथा सपिङ्ग मल, सभा जुलुस भई को स्थान, पुरातात्त्विक र संरक्षित स्थल, बाल गृह तथा प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रमा समेत लैजान नपाउने गरी निषेध गरेकोले यो सूचना प्रकाशन गरिएको छ।’
हेर्नुहोस् राजपत्रमा प्रकाशित सूचनाः


