


वीरगञ्ज,२असोज। वीरगञ्ज प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरी रहेको प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट पक्राउ परेका गिरीको साथमा रहेको प्लाष्टिकको झोला चेकजाँच गर्ने क्रममा करिब तीन किलो चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका वीरगञ्जका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

