


काठमाडौं,२असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसनधान गर्नका लागि जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।
विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्नका लागि प्रहरीले अदालतबाट अनुमति माग गरेको थियो।

जसअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रसाईंसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले बताए।

