
भैरहवा,२असोज। प्रहरीले लागुऔषधसहित तीन जना युवाहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका-१ का २६ वर्षीय शैलेश कुमार सहानी, कोटहीमाई गाउँपालिका-२ का २१ वर्षीय रामकरण हरिजन र भारत, महाराजगंज जिल्लाका नौतनवा बरवाभुज-१३ का ३० वर्षीय सुरज कुम्हाल रहेको प्रहरीले जनाएको छ।
लागुऔषधको कारोबार भइरहेको विषयमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रणमा ब्यूरो शाखा भैरहवाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई भैरहवाको लुम्बिनी रोडबाट पक्राउ गरेको जनाएको छ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेकाहरुका साथबाट फेनरागन, डाईजेपाम, टालजेसिक एक हजार २ सय एम्फुल र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम बरामद भएको छ।
साथै, उनीहरुले प्रयोग गरेको लु ११ प ४१०२ नम्बर मोटरसाइकल र लु ३३ प ७२६ नम्बरको स्कुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु विरुद्ध लागुऔषधसम्बन्धी कसुर मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

