
भैरहवा,२असोज । भारतबाट भन्सार छलेर अवैध रुपमा भित्राइएको कपडा प्रहरीले बरामद गरेको छ। वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ शिवमन्दिर स्थित लु ३ च ६५१९ नम्बरको गाडी (छोटा हात्ती) चेकजाँच गर्ने क्रममा कपडा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहरप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिइएको उक्त गाडीबाट ७ लाख ३२ मूल्य बराबरको ३६४ थान कुर्था सुरुवाल, ७९२ थान टप्स, कढाई कुर्ता सुरुवाल १४८ थान बरामद भएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै भन्सार छलेर भित्राइएको कपडा ढुवानीमा प्रयोग भएको गाडीका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ का कुञ्जलापुरका ३२ वर्षीय साजन विकलाई पक्राउ गरिएको उनले जनाए।
पक्राउ परेका गाडी चालक, कपडा र गाडी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

