


भैरहवा,४असोज। नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
महासंघ निर्वाचन तालिका अनुसार आगामी १२ गते हुने निर्वाचनका लागि शुक्रवार मनोनयन दर्ताको तालिका थियो। तर, महासंघले शुक्रवार एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ।

नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए।
सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

