


धनुषा,७ असोज। धनुषा प्रहरीको हिरासतबाट नौ जना थुनुवाहरु फरार भएका छन्। हिरासत कक्षको भेन्टिलेसन तोडेर एका बिहानै नौ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन्।

हिरासतबाट कुल ९ जना फरार भएकोमा एक जना सत्यम झालाई पक्राउ गरिएको डिएसपी अवाले बताए। फरार भएका अन्य आठ जनाको खोजी भइरहको धनुषा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दुईतले हिरासत कक्ष छ। हिरासत कक्षको भुईंतलामा थुनुवाको सामूहिक कक्ष छ । हिरासत कक्षको माथिल्लो तल्ला महिला थुनुवा राख्ने गरिएको छ। तल्लो र माथिल्लो दुवै तलामा प्रहरी तैनाथ रहेपनि एकैपटक ९ जना थुनुवा फरार भएका हुन् ।
हेर्नुहोस् फरार थुनुवाहरुको सूचीः


