
भैरहवा,७ असोज। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्। ग्रीसको यूएस ड्रग इन्फ्रोसमेन्ट एडमिन्सिट्रेसनको आयोजनामा हुने ३८औं अन्तर्राष्ट्रिय ड्रग इन्फ्रोसमेन्ट सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीका अनुसार असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय ड्रग इन्फ्रोसमेन्ट सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर ग्रीस गएका हुन्।
Advertisement

Advertisement
Advertisement

सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्यसमेत सहभागी हुनेछन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू वरिष्ठ प्रहरी अधिकृतहरु लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदाइ गरेका छन्।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईलाई नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

