
भैरहवा,७ असोज। नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ । निमित्त आईजिपी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजीद्वय अर्जुन चन्द ठकुरी र जनक भट्टराईको सरुवा गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा सरुवा गरिएको छ।
Advertisement

Advertisement
Advertisement

मदिरा सेवन गरेर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा उनलाई कर्णाली प्रदेशबाट विभागमा सरुवा गरिएको बताइएको छ। त्यस्तै कर्णाली प्रदेशमा डीआईजी जनक भट्टराईलाई पठाइएको छ।
कमेन्ट गर्नुस्

