
बर्दिया,८असोज। जिल्ला प्रशासन कार्यालय, बर्दियाले नेपाल भारत सीमानाकाबाट भित्रिने लागुऔषध नियन्त्रणका लागि सुरक्षा जाँचमा कडाइ गरेको छ ।
जिल्लाको गणेशपुर र फुटाहा नाकामा थप जनशक्ति परिचालन गरी लागुऔषध ओसारपसार रोक्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । सीमा नाका लगायत सम्भावित क्षेत्रमा सर्च अभियान सञ्चालन गरिने उनले जनाइन् । बर्दियामा बढ्दो ब्राउन सुगर लगायतका लागुऔषध बढेकोमा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान भदौबाट तीन महिने कार्ययोजना लागू गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

बर्दियासँग जोडिएको भारतीय सीमानाका ८३ किलोमिटर लामो पर्दछ । सबैभन्दा बढी लागुऔषध ओसारपसार बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी र मधुवन नगरपालिका पर्दछ । यसै नाकाबाट आर्थिक वर्ष ०७९/०८० मा ३ महिलासहित ९१ जना, आर्थिक वर्ष ०८०/०८१ मा ५ महिलासहित २ सय ७ जना र चालु आर्थिक वर्षमा २५ जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको तथ्यांक प्रहरी उपरीक्षक प्रविण धितालले सार्वजनिक गरेका छन् ।

