
भैरहवा,८असोज। प्रहरी प्रधान कार्यालयले ४१ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरको निर्णयअनुसार अनुसार उनीहरूको सरुवा गरेको हो ।
मंगलबार साँझ निकालिएको सरुवामा जिल्ला प्रहरी कार्यालयका एसपी अपिल राज बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीको एसपीमा श्यामबाबु ओलियालाई पठाइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा नवरत्न पौडेल, दाङमा अर्जुन प्रसाद तिमिल्सिना, मकवानपुरमा विश्वराम खड्का, सुनसरीमा सुमनकुमार तिमल्सिनाको सरुवा गरिएको छ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची, कसको सरुवा कहाँ ?





