
भैरहवा,८असोज। प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णय अनुसार मंगलबार उनीहरुको सरुवा निकालिएको हो।
एसपी बढुवाको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी मनोहरप्रसाद भट्टको नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासन सरुवा गरिएको छ भने काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम समन्वय शाखा रानीपोखरीमा कार्यरत डीएसपी नवीन पौडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै डीएसपी बेद बहादुर पौडेलको नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय महाराजगंज, आयुश प्रसाद जोशीको जिल्ला प्रहरी दाङ, मधुसुदन न्यौपानेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा सरुवा गरिएको छ।
हेर्नुहोस् सूची, कसको सरुवा कहाँ ?













