


भैरहवा,९असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य दिनदिनै उकालो लाग्दै गएको छ। बुधबारको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलाको १९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
कमेन्ट गर्नुस्

