
भैरहवा,१०असोज। इन्टरपोलबाट रेड नोटिस जारी भएर ‘मोस्ट वान्टेड’ को सूचीमा रहेका तीन जना नेपाली नागरिकहरुलाई दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ।
ठगी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा फरार रहेको तीन जना नेपालीहरु विरुद्ध रेड नोटिस जारी भएपछि उनीहरुलाई कारवाही गर्नका लागि दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ का २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ का २६ वर्षीय रोमन कार्की रहेका छन् ।
पक्राउ परेकामध्ये बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपछि इन्टरपोल महासचिवालयबाट ०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।
यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपछि इन्टरपोल महासचिवालयबाट ०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।
भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

